सीपीएलमा स्मार्ट बलको प्रयोग


लन्डन, (एजेन्सी) ।

हाल जारी रहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा स्मार्ट बल प्रयोग भइरहेको छ । कुनै पनि व्यावसायिक लिगमा स्मार्ट बल प्रयोग भएको यो पहिलोपटक हो । स्मार्ट बल अस्ट्रेलियाको बल बनाउने कम्पनी कुकाबुराले टेक इनोभेटर्स स्पोर्ट्स कोरसँग मिलेर बनाएको छ ।

यस बलभित्र माइक्रोचिप लगाएको छ । सेन्सर रहेको चिप भएको हुनाले यसले बलको गति, स्पिन, क्षमताको जानकारी दिन्छ । यसमा कम्पनीको दाबी छ कि, रियल टाइममा पाउने फिडब्याक कोच, खेल र यसको आधिकारिक काममा क्रान्तिकारी परिवर्तन ल्याउनेछ । यसका साथै यो खेलको अनुभवको पूरै तरिकाले परिवर्तन गरिदिनेछ ।

कसरी काम गर्छ ?

बलरले बल फ्याँक्नेबित्तिकै बलको भित्र लगाएको सेन्सर क्रियाशील हुन्छ । बलभित्र राखिएको चिपले बलको गति, स्पिन र क्षमता भिन्न भिन्न तरिकाले अवलोकन गर्छ र छिटै यसको जानकारीसमेत दिन्छ । बलरको हातबाट बल छुटेको समयमै गतिको डाटा, बल बाउन्स हुने अघिको प्रि बाउन्स गति र बाउन्स भएपछिको पोस्ट बाउन्स गतिको डाटा प्राप्त हुनेछ । बलरले फ्यालेको क्षमताको गति समेत यसले दिन्छ । यसको मतलब पहिलोपटक बलले कुरा गरेको भनेर पनि भनिएको छ ।
चिपको एपसँग लिंक

बलको कोरमा लगाएको चिप एक एपसँग लिंक हुन्छ । एपमा बटन थिचेपछि रेकर्ड शुरू हुन्छ । बलरले बल फँ्याकेपछि डाटा जम्मा हुन्छ । यो डाटा ब्लुटुथमार्फत् भुइँमा राखेको राउटरसम्म पुग्छ । त्यहीबाट क्लाउडमा पुर्‍याउँछ र यहीँबाट डाटा एपमा संख्याको रूपमा देखिनेछ । बल फ्याकिएको देखि लिएर अन्तिमसम्मको पूरै प्रक्रिया औसत ६ सेकेन्डमा देखाउँछ ।