झलनाथ खनाल उपचारपछि स्वदेश फर्किदै


न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार दिउँसो उपचारपछि स्वदेश फर्किदै छन्।

मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन ।उनको मिर्गौला प्रत्यारोपण सफल भई पूर्णरुपमा स्वास्थ्य निको भएको नेकपा एसले जनाएको छ।एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको पक्षमा उभिएका खनालले दिल्लीस्थित दूतावासबाटै बुधबार सखानत गरेका थिए।