धादिङमा ट्रक दुर्घटना हुँदा २३ जना घाईते


सीताराम अधिकारी, धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा सोमबार सवारी दुर्घटना हुँदा २३ घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदैँ गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिफरमा ठोक्किदा दुर्घटना भएको हो ।

घाइते मध्ये ४ जनालाई हेलिकप्टर र ३ जनालाई एम्बुलेन्स मार्फत् काठमाण्डौँ पठाइएको स्थित ट्रमा सेन्टर पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो । त्यस्तै बाँकी घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।