[अपडेट] कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु, ११ जना घाइते


न्युज अफ नेपाल, सुर्खेत ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, लोक लुवार, रास्कोट नगरपालिका–७ का कमलराज शाही र सान्त्री त्रिवेणी गाउँपालिका वडा नं। ६ का बदे संज्याल, रत्न सज्याल, सुन्दर सज्याल, तिलक संज्याल पचालझरना गाउँपालिकामा अनिता शाही रहेको उद्धारमा खटिएका ललितजंग बमले बताए ।