नेकपा एकीकृत समाजवादीले आज दलको नेता चयन गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दलको नेता चयन गर्न बिहान ११ बजे आज संसदीय दलको बैठक बोलाइएको छ ।

संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक पनि चयन गर्नेछ । एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन् ।