वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रानाभाटले ठगी गरेको सहस्य सार्वजनिक


काठमाडौ ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाट लगायतका व्यक्तिले ठगी गरेको सहस्य सार्वजनिक भएको छ ।

नेटम्याक्स टेक्नोलोजीका संचालक समेत रहेका रानभाट सहित भोजराज भट्ट, र्सिजना रानाभाट, प्रकाशकुमार केसी, निरज केसी, नरेश चन्द, किरणकुमार खत्री, बालकृष्ण पौडेल र रामहरी कार्की संचालक रहेको उक्त कम्पनीले कम्युनिकेसन एण्ड कम्युनिकेसन प्रालिलाई तिर्नु पर्ने १ करोड १७ लाख ३२ हजार ६ सय ६३ रुपिया ७५ पैसा नतिरेर संचालकहरु फरार भएका छन ।

नेपालमा इन्टरनेटको व्यवसायीलाई इन्टरनेट नेटवर्क सेवा (आइएसपी) प्रदान गर्दै आएको कम्युनिकेसन एण्ड कम्युनिकेसन प्रालिलाई तिर्नु पर्ने उक्त रकम नतिरेपछि पीडित कम्पनी अदालतको शरणमा गएको छ ।दुवै पक्षबीच पटक पटक छलफल भएपनि रकम तिर्न आनाकानी गरेको र रानाभाटले अहिले आफ्नो पार्टीको सरकार आएको भन्दै धम्की दिने गरेको कम्युनिकेसन एण्ड कम्युनिकेसन प्रालिका प्रमुख लेखा अधिकृत मोहन थापालाई धम्की दिने गरेको बताइएको छ ।

आफुहरुले पटक पटक भुत्तानीका लागि नेटम्याक्स टेक्नोलोजीका संचालकहरुलाई ताकेता गर्दा एकले अर्कोलाई देखाउने तर रकम भने तिर्न आलटाल गरेपछि आफुहरु अदालतको शरणमा पुगेको थापाले जानकारी दिनुभयो ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका म्यानपावर व्यवसायी रानाभाटले नेता पौडेललाई प्रयोग गरेर रकम नतिेर्ने षडयन्त्र गरेको आरोप लागेको छ ।यस विषयमा रानाभाटसंग पटक पटक सम्पर्क राख्दा उहाँ सम्पर्कमा आउन चाहानु भएन । अन्य संचालकहरुले भने रानाभाटलाई सबै जिम्मेवारी दिएकाले उहांसंगनै कुरा गर्न आग्रह गरे ।