भारत सरकारद्धारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग


न्युज अफ नेपाल ,काठमाडौं ।

भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

उक्त अक्सिजन प्लान्ट स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा आज वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

राजदूत विनयमोहन क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए।कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको दुतावासद्धारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।