प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका हुन ।

प्रदेशसभामा एमालेका बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् । शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्