प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको शपथ


न्युज अफ नेपाल , विराटनगर ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। विराटनगरस्थित होटल एसिया टेकमा बिहीबार बिहान बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा एमाले सचिव समेत रहेका आचार्यलाई बिहीबार संसदीय दलको नेताका रुपमा समर्थन गरिएको प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

माधवकुमार नेपालको एकीकृत समाजवादीले औपचारिकता पाउनुपूर्व आचार्यले क्याम्प परिवर्तन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन दिएका थिए।प्रदेश प्रमुख कार्यालयका अनुसार आचार्यलाई आजै मुख्यमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ।