अवैध हतियारसहित एक पक्राउ


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटमा अबैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका ८ मैदे अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले ३३ बर्षिय बिर बहादुर पुनलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

गत सोमबार अस्थायी प्रहरी पोष्ट मैदेबाट प्रहरी सहायक निरिक्षक तस्बिर घर्तिको कमाण्डमा वडा एरियामा बस्तु स्थिती बुझ्दै गस्ति गर्दै जाने क्रममा अन्दाजी साढे ४ बजेको समयमा नलगाड नगरपालिका ८ लिल बहादुर पुनको छोरा बर्ष ३३ का बिर बहादुर पुनलाई भरुवा बन्दुक बोकी हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिका ८ कुसेनी बाटोमा अवैध हतियार बोकी हिडिरहेका पुनलाई प्रहरीले फेला पारि खानतलाशीको पुर्जी दिएर शरिर समेत खानतलाशी गर्दा अवैध एक नाले खाली भरुवा बन्दुक सहित पक्राउ गरि अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बताउनु भयो ।

अबैध हतियार सहित पक्राउ परेको बिर बहादुर पुनलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख थापाले बताउनु भयो ।