राजन कोईरालाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न


मोतीराम तिमल्सिना, काभ्रे ।

२०७४ भाद्र ९ गते अज्ञात समुहबाट हत्या गरिएका नेकपा एमालेका नेता एवं धुलिखेल नगरपालिका वडा नम्वर २ का अध्यक्ष राजन कोईरालाको चौथो स्मृति दिवस तथा बार्षिक श्रद्धाञ्जली सभा बुधबार राजन कोईराला स्मृति पार्कमा सम्पन्न भएको छ ।

नेकपा एमाले काभ्रेका जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि र शुभचिन्तकहरुको सहभागिता रहेको थियो । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथी ब्याञ्जुले ब्यक्ति जन्मेपछि उसले गर्ने कर्मका कारण जुगजुगसम्म सम्झने खालका काम गर्नु पर्ने बताउनु भयो । स्व. राजन कोईरालाले गरेका कामहरु सधै सम्झिरहने भएकाले उहाँको योगदान, स्मरण र भूमिकालाई पार्टी र नगरपालिकाले सम्झिरहने बताउनु भयो । ‘स्व.राजन कोईरालाका हत्यारालाई अझै पहिचान गर्न सकिएको छैन, कायरहरु हत्याले नपुगेर शालिकमा समेत तोडफोडमा लागेका छन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘राजन कोईरालाले समाजलाई पु¥याएको योगदानको प्रेरणाका लागि नगरपालिकाले शालिक र उहाँकै नाममा पार्क निर्माण शुरु गरेको हो ।’

पार्कको डिपिआर तयार भईसकेकाले थप निर्माण गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले राजन कोईराला प्रतिको आश्था र धरोहर अझै उच्च हुँदै गएकाले स्मृतिमा गठन भएको समिति, पार्कले विचारलाई फैलाउन र स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं उपप्रमुख विमला शर्माले जनप्रतिनिधि निर्वाचित भए लगत्तै हत्या गरिएका स्व. कोईरालाको स्मृतिमा नगरपालिकाले गरेका पुर्वाधार निर्माणसँगै उहाँको योगदानको स्मरणका लागि निरन्तर उहाँका विचार र योगदानको कदर गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष देवप्रसाद कोईरालाले वडा अध्यक्ष राजन कोईरालाले रविओपी निर्माण र समृद्धका लागि देखाउनु भएको मार्गचित्र अनुसार कार्य गरिरहेको बताउनु भयो ।

सबै र सधै उहाँकै विचारलाई आत्मसात गर्ने गरी कार्य गरिएको बताउनु भयो । नेकपा एमाले रविओपी वडा कमिटीका अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजन कोईरालाका भाई कृष्णहरी कोईरालाले दाजुको हत्यारा पत्ता लगाउन अझै दबाब दिनु पर्ने बताउनु भयो । कार्यक्रममा पुर्व गाविस अध्यक्ष केदार कोईराला, पार्टीका नेताहरु सुवास धिताल, पदमनाथ ढुंगाना, बेदप्रसाद बजगाई, जिल्ला कमिटी सदस्य निरज खड्का, युवा संघ तथा विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पार्टी अध्यक्ष अशोक ब्याञ्जुले स्व. राजन कोईरालाको शालिकमा माल्र्यापण गर्नु भएको थियो ।