दामनमा पत्रकार महासंघ केन्द्रीय समितिको बैठक


हेटौंडा,  ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आतिथ्यतामा केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा सुरु भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलोपटक भौतिक उपस्थितिमा दामनमा बैठक शुरु भएको हो ।

३ दिनसम्म सञ्चालन हुने बैठकले पत्रकार महासंघको आगामी ३ वर्षको कार्यायोजना निर्माण गर्नेछ । बैठकमा महासंघ केन्द्रीय समितिका ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार गरी ५५ जना र मकवानपुरका केही पत्रकारसहित करिब ६० जना सहभागी छन् । बैठकमा पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले स्वागत गर्नुभएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल हेटौंडामा बैठकका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाइएको छ । बैठकका लागि आवश्यक व्यवस्थापन मिलाउन मकवानपुर शाखाका पदाधिकारीहरु खटिएका छन् भने जनस्वास्थ्य मापदण्डअनुरुप बैठक सञ्चालन गरिएको जनाइएको छ ।