दिगो विकास लक्ष्य भेट्टाउन गाह्रो


काठमाडौं, (नेस) ।

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको कार्यान्वयनका सबै रणनीतिक योजना र परिचालनका क्रियाकलामा संलग्न सबै संस्थामा नवप्रवद्र्धन गर्न सक्ने नेतृत्व र व्यवस्थापन आवश्यक औल्याएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा आयोगको सो धारणा आएको हो ।

अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने आयोगका सचिव केवलप्रसाद भण्डारीको भनाइ छ ।संयुक्त राष्ट्रसंघले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकांक निर्धारण गरिएका छन् । दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् । आयोगका उपाध्यक्ष डा विश्व पौडेलले मुलुकमा सडक पूर्वाधार निर्माणमा राज्यको क्षमता कमजोर रहेकाले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली विकसित हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।