कतार मानवीय सहयोगका लागि प्रतिबद्ध: उप–प्रधानमन्त्री



दोहा, (एजेन्सी) ।

कतारका उप–प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहमद विन अब्दुल रहमान अल थानीले कतार अफगानिस्तानबाट तालिवानको आक्रमणको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित ढंगले त्यहाँबाट निकाल्ने मानवीय कार्यका प्रमुख समर्थक मुलुक भएको घोषणा गरेका छन् । साथै, उनले कतार तटस्थ एवं अफगानिस्तानका विभिन्न राजनीतिक पार्टीबीचका मध्यस्थकर्ता भएको र तालिवान लडाकुहरूमाथि यसको कुनै विशेष प्रभाव नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले सञ्चारमाध्यमलाई कतारले अफगानिस्तानमा शान्ति कायम राख्न र त्यहाँबाट सर्वसाधारणलाई सुरक्षित ढंगले बाहिर निकाल्न अनुपम भूमिका निभाएको पनि बताएका छन् । यसैगरी, उनले विदेशी नागरिकहरूलाई अफगानिस्तानबाट आ–आफ्ना मुलुकमा फर्काउनका लागि कतार एयरवेजले पनि महत्वपूर्ण भूमिका निभाएको जनाएका छन् । सोमबारसम्ममा तालिवानको डरले अफगान भूमि छाड्नेको संख्या सात हजार पुगिसकेको छ । यो संख्या निश्चितरूपमा अझै बढ्न सक्ने बताइएको छ । अल–थानीका अनुसार विशेष गरी अफगानिस्तानको राजधानी काबुलस्थित कतार दूतावासले समस्यामा परेका मानसिहरूलाई आवश्यक सहयोग गरिरहेको छ । उनले अन्तर्राष्ट्रिय समुदायसँग मध्यस्थता गर्दैै अफगानिस्तानमा शान्ति कायम राखेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्