भौतिक उपस्थितिमै १२ कक्षाको परीक्षा


काठमाडौं ।

कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर मात्रै विद्यार्थीलाई भौतिरु रुपमा उपस्थि गराई परीक्षा लिने तयारीमा मन्त्रालय रहेको जानकारी दिनुभएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैंअघि भौतिक उपस्थितिमा परीक्षा लिने तयारी भइरहेको जानकारी दिनुभयो ।