एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । बैठकको आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

यसअघि हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधव नेपालको साथ छाडेका नेताहरुबीच छलफल भएको थियो । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,र घुजी पन्तले पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ । सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए ।ओलीले उक्त आग्रह स्वीकार गर्दै आजै स्थायी कमिटीबाट एकताको आह्वान गर्न अपील जारी गर्ने तयारी पनि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्