न्युज अफ नेपाल, जनकपुरधाम ।
धनुषामा घरायसी विवादका कारण आफ्नै छोराले बुवा र श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने भागेश्वर मण्डलले सोमबार राति ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरका देवीको हत्या गरेका हुन् ।
दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए ।
भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।
प्रतिक्रिया