लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी, आधा घण्टालाई स्थगित


यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशसभाको बैठक सुरु संगै नेकपा एमालेका सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित  गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाउनु भएको थियो ।

एमालेले सांसद शाही र वलीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । प्रदेश सभाले भने हिजो नै सूचना टास गरि सांसदलाई कारवाही गर्न नर्पेने जानकारी गराएको छ ।