राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्ने उपयुक्त समय कहिले ?


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री शेरवहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उपयुक्त समयमा पदमुक्त गर्ने प्रतिवद्धता कहिले पुरा गर्छन भन्ने आम चासो रहेको छ । स्वास्थ्य शिक्षा क्षेत्रमा ठुलो धनराशि लगानी गर्नुभएका स्वास्थ्य राज्य मन्त्री श्रेष्ठको स्वार्थ बाझिने भन्दै उहालाई पदमुक्त गर्नुपर्ने माग थियो ।

स्वास्थ्य क्षेत्रको वेथिति विरुद्ध पटक पटक आमरण अनसन बस्दे आउनुभएको डा. गोविन्द केसीले पछिल्लो समय एउटा प्रमुख माग थियो– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पदमुक्त । स्वार्थको द्धन्द्धहुने व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिन नहुने डा. केसीले माग संवोधन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा सकारात्मक हुदै उपयुक्त समयमा पदमुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।माग पुरा नभए आमरण अनसन बस्ने अल्टीमेट दिएपछि प्रधानमन्त्री शेरवहादुर देउवाले भदौ १ गते डा. केसी संग छलफल गर्दै सार्वजनीक पदहरुमा नियुत्त गर्दा हुने स्वार्थको द्धन्द्ध रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्य मन्त्रीको विषयमा उपयुक्त समयमा सम्बोधन गर्ने जनाउनु भएको थियो ।

डा. केसीको माग पुरा गर्न प्रधानमन्त्री देउवाको प्रतिवद्धता जनाए लगत्तै स्वास्थ्य मन्त्रालयले भने विज्ञप्ती जारी गरि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रम गरेको लगानीबाट अलग भएको सार्वजनीक घोषणा गरिसकेको स्मरण गराएको छ ।प्रधानमन्त्री देउवाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुङ्गाउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न तत्काल सिनेट बैठक बोलाउने सहमति गरेको सात वितेपनि कार्यान्वयन भएको छैन ।स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रधानमन्त्री देउवाले पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरुको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुत्ति हुनासाथ प्रक्रिया अघि बढाउने जनाएको डा. केसिले बताउनु भएको छ ।