खोपको बन्दोबस्तो गर्न ललितपुर उद्योग वाणिज्य संघको माग


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र कामदारको लागि थप खोपको व्यवस्थ गर्न ललितपुर महानगपालिका समक्ष माग गरेका छन् ।

कोरोना संक्रमणसंगै आर्थिक क्रियाकलाप सञ्चालन गर्दै लैजानुपर्ने बाध्यता भएको भन्दै संघका महासचिव रुपकमान महर्जनले एक विज्ञप्ती प्रकाशित गरी सो माग गरेका हुन् ।महासचिव महर्जनका अनुसार हालसम्म संघको सिफारिशमा महानगरपालिकाले ३ हजार खोप उपलब्ध गराइसकेको जनाएको छ । त्यसमध्ये भदौं ३ गते अष्ट्रा जेनिका खोपको पहिलो मात्रा र श्रावण १८ गते जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए।

कोरोना संक्रमणको समयमा दैनिक अत्यावश्यक सामग्री बिक्री वितरण गर्नेदेखि उद्योग र व्यवसाय सञ्चालनमा खटिनुपर्ने व्यवसायीहरुको लागि खोपको बन्दोबस्तो गर्न निरन्तर सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको बताउँदै संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले थप खोपको व्यवस्था गर्न पनि माग गर्नुभयो । दोस्रो मात्राको खोप उपलब्धताको पनि लागि आफूले पहल गरिरहेको पनि अध्यक्ष न्याछ्योंको भनाई रहेको छ ।