एनआरएनए महासचिवमा युकेका विनय अधिकारीको उम्मेदवारी घोषणा


भूपराज बस्याल, काठमाडौ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

महाधिवेशनको मिति नजिकैदैजादा विभिन्न पदमा विभिन्न ब्यक्तिहरुले उम्मेद्बारी घोषणा संगै अधिकारीले पनि आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको । संचारकर्मी समेत रहनु भएका अधिकारी सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । ग्लोबल (अन्तर्राष्ट्रिय) गोरखा समाजको केन्द्रिय अध्यक्ष, संचारकर्मी,हालका एनआरएनएका अध्यक्ष एवम् पुर्व अध्यक्षको जिल्लावासी र युरोपबाट महासचिवका एकल दाबेदार लगायतले अहिलेसम्मकै महासचिवका बलिया दाबेदारको रूपमा देखिनु भएको छ ।

वर्तमान अध्यक्ष कुमार पन्त र निवर्तमान अध्यक्ष भवन भट्टसंग एउटै सस्थामा रहेर काम गरेको हुनाले पनि पुर्व अध्यक्षहरुको समर्थन रहने हुँदा अधिकारी महासचिवका बलिया दाबेर मानिनुहुन्छ । अधिकारीले नेतृत्व गरेको ग्लोबल गोरखा समाजको कुमार पन्त संरक्षक हुनुहुन्छ भने निवर्तमान अध्यक्ष भवन भट्ट उक्त सस्थामा प्रमुख संरक्षक हुनुहुन्छ । त्यसैले पनि उहाँहरुको अन्तिम समर्थन अधिकारीलाई हुने देखिन्छ । करिब ३५ देखि ३७ सयसम्म मतदाता भएको एनआरएनएको करिब आधा मतदाता भएको युरोपबाट अधिकारीको महासचिवमा एकल उम्मेद्बारी पर्नुरे पनि उहाँको सम्भावना बढी देखिन्छ ।

मिडियाकर्मी संगै एनआरएनएमा सक्रिय भएर लाग्नु भएका अधिकारीले संचारको मध्यबाट होस् अथवा सस्थागत माध्यमबाट गल्फका घरेलु कामदारका मुद्दा, एनआरएनएमा नागरिकताका मुद्दा अथवा मध्यपुर्वमा समग्र श्रमिकका मुद्दालाई सशक्त ढंगले उठान गरेको हुनेले पनि उहाँलाई युरोप लगायत गल्फबाट राम्रो मतआउने देखिन्छ । श्रमिकसंग सिधा सम्पर्कमा बस्ने उहाँको बानिले उहाँलाई एनआरएनएमा रहेर सामाजिक सेवा गर्न सहज भएको देखिन्छ ।यूकेमा आइटी ब्यवसायीमा संलग्न अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । अधिकारी आर्थिक हिसावले समेत पछिल्लो समय सफल ब्यवसायीको रुपमा चिनिएका चिनिनुहुन्छ । सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका पक्षमा साझा सबाल र मुद्दामा वकालतमा गर्दै आउनुभएको छ ।