प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेरु ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो ।

जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् ।

हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ । यस अवसरमा राजदूतले ज्यापु समाजलाई धन्यवाद दिुनुका साथै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानको कदर गर्नुभयो । दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्