ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपामा रक्षा बन्धन


मोतीराम तिमल्सिना, काभ्रे ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाले रक्षा बन्धन(राखी) पर्वको अवसरमा अलौकिक दिदी बहिनीहरुद्वारा आत्मियजनहरुको सुख, शान्ति, समृद्धी एवं आन्तरिक सुखको कामनाका लागि रक्षा बन्धन (राखी) कार्यक्रम आयोजना गरेको छ ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपा र धुलिखेलका लक्ष्मी दिदी र बहिनीहरुले शुभचिन्तकहरुलाई रक्षाबन्धन(राखी) बाँधिदिनु भएको थियो । कोरोना भाईरसका कारण दुरी कायम राखी आयोजना गरिएको कार्यक्रममा बनेपा सेवा केन्द्रमा पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, सिड्रा नेपालका अध्यक्ष अशोक श्रेष्ठ, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष शेरबहादुर सुवाल, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसँक्षे, पुर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, स्थानीय तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ब्यक्तिहरु सहभागि भई रक्षाबन्धन बाँध्नु भएको थियो ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले समय समयमा ब्यक्तिहरुलाई आध्यात्मिक प्रवचन मार्फत समाजको रुपान्तरण तथा ब्यक्ति भित्र हुने विभिन्न खालका सोचहरुलाई सकारात्मक ढंगबाट अघि बढाउँदै शान्ति, स्थिरता र अमनचयन कायम गर्न प्रेरित गर्दै आएको छ । बनेपा सेवा केन्द्रमा विहान ७ बजेबाट शुरु भएको रक्षाबन्धन कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ । सोहि अवसरमा झण्डै ६ सय भन्दा धेरै ब्यक्तिहरुलाई राखि प्रदान गरिने ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाले जानकारी दिएको छ ।जनैपुर्णिमाको अवसर पारी जिल्लाको महत्वपूर्ण स्थलहरु गोसाईस्थान लगायतका क्षेत्रमा भक्तजनहरुको घुँईचो लागेको छ ।