बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


न्युज अफ नेपाल काठमाडौं ।

राष्ट्रपति विद्या भण्डारीले सरकारबाट बागमती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।यसअघि उनले बागमती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८र५र३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ ।”