काठमाडौंमा शुक्रबारदेखि ४० वर्षमाथिका तथा कक्षा १२ का विद्यार्थीलाई कोरोनाबिरूद्धकाे खोप


न्युज अफ नेपाल , काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १२ कक्षाका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ ।

बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चलन हुने छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका १२ का विद्यार्थी अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए । खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।