उमेशको इनरुवा बजारमा

952
Shares

गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मथलो इनरुवाको प्रवद्र्धनका लागि नयाँ युगल गीत इनरुवा बजारमा म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

रेग्मीले आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेको गीत गायक विश्व नेपाली र गायिका टीका प्रसाईले गाएका छन् । गीतमा राजन ईशानले संगीत संयोजन गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा रिमा विश्वकर्मा र कमल सिंहले मोडलिङ गरेका छन् भने निशाल पौडेलको छायांकन र विकाश दाहालको सम्पादन रहेको छ । आफ्नो जन्म थलोको प्रचार प्रसारका लागि मातृभूमिप्रति समर्पित भएर गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीका यस अघि थुप्रै गीत विभिन्न गायक—गायिकाको स्वरमा सार्वजनिक भइसकेको छ । रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा सुनसरी इनरुवा बोलको गीत सार्वजनिक गरेका थिए भने यस अघि संगीत यात्राको सुरुवातमा आफ्नै स्वरमा सुनसरी इनरुवा बोलको गीत सार्वजनिक गरेका थिए ।