दुर्गाको शीर्ष गीत सार्वजनिक

1.2k
Shares

सामाजिक सन्देश बोकेको लघु फिल्म दुर्गाको शीर्ष गीत हालै रिलिज भएको छ।

कर्ममा मेरो खोट थियो कि बोलको फिल्मको शीर्ष गीत आरके मानन्धर र राजु भुजुको संयुक्त युट्युब च्यानल आरके एन्ड आरके इन्टरटेन्मेन्टमार्फत रिलिज गरिएको हो । शीर्ष गीतमा शब्द तथा संगीत यादव राज पाण्डेको रहेको छ भने गायिका सुम्निमा सिंहको स्वर रहेको छ।

बालशोषणविरुद्धको जनचेतनामूलक उक्त लघु फिल्म घरेलु श्रमिकको विषयमा निर्माण गरिएको छ। के्ही दिनपछि आरके एन्ड आर के इन्टरटेन्मेन्टमार्फत रिलिजमा आउने उक्त लघु फिल्म दमन रुपाखेतीले निर्देशन गरेका छन् भने कथा, पटकथा र लेखन आरके मानन्धरको रहेको छ । फिल्म बालबालिकाप्रति गरिने व्यवहार तथा उनीहरूको शिक्षाको विषयमा बनेको लेखक मानन्धरले बताए।

लघु फिल्ममा आरके मानन्धर, राजु भुुुजु, दमन रुपाखेती, कमला रेग्मी, सेविता अधिकारी तथा बालकलाकार ईनाया प्रजापतिको अभिनय रहेको छ । लघु फिल्ममा दिलिप विष्टको छायांकन तथा रबिन भट्टको सम्पादन रहेको छ। लघु फिल्म सीता मानन्धर र राज मानन्धरले निर्माण गरेका हुन् ।