साङ्घाई, (एजेन्सी) ।
चिनियाँ सरकारी प्रसारणकर्ता चाइना नेसनल रेडियो (सीएनआर)ले आफ्नो वेबसाइटमार्फत यस्तो टिप्पणी गरेको छ, ‘चिनियाँ नियामक निकायले सम्पूर्ण अनलाइन खेलहरू गम्भीर ढंगले अनुगमन गर्दै मुलुकको इतिहास नै बिगार्न खोज्नेप्रति शून्य सहिष्णुता’ नीति अपनाउनुपर्ने जनाएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले गरेको यस्तो टिप्पणीका कारण घरेलु प्रशासनिक निकायले अब भिडियो गेम उद्योगमाथि कडा अंकुश लगाउन सक्ने अनुमान गरिएको छ । आफ्ना बालबालिका भिडियो गेम्सप्रति आशक्त बन्दै गएको गुनासो लामो समयदेखि अभिभावकहरूले पनि गर्दैै आएका थिए । चर्चित भिडियो गेम्स निर्माण कम्पनी टेनसेन्ट होल्डिंग्स लिमिटेडले बालबालिकामा अचेल निकै लोकप्रिय ‘अनर अफ किंग्स’ लाई लिएर बालबालिकामाथि नयाँ सीमाहरू तोक्ने घोषणा गरिसकेको छ । केही चिनियाँ सञ्चारमाध्यमले यस्तै उद्योगमाथि दिइँदै आएको कर सहुलियत हटाउनुपर्ने मागसमेत अघि सारेका छन् ।











प्रतिक्रिया