लागुऔषध मुद्धाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ


शिक्षा पन्त, लमजुङ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादी पक्राउ गरेको छ । शनिबार २ र आईतबार ४ गरी ६ जना फरार प्रतिवदीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध मुद्धाका ९ बर्षदेखी फरार रहेका बेसीशहर नगरपालिका वडा नं.–७ बस्ने बर्ष २९ को अम्मर बहादुर गुरुङलाई शनिबार लुकिछिपी बसेको अवस्था जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो त्यस्तै चोरी मुद्धामा फरार रही १८ दिन कैद र रु २० हजार ३ सय २५ जरिवाना भएका जिल्ला लमजुङ बेसिशहर नगरपालिका वडा नं.–४ बस्ने २३ बर्षिय रविन गुरुङलाई बेसीशहर नगरपालिका वडा नं–९ बाट पक्राउ गरेको हो ।

यसै गरी बहुबिबाह मुद्धामा २० बर्षदेखी फरार रही १ महिना कैद सजाय भएका जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय मिन कुमार श्रेष्ठ राईनास नगरपालिका वडा नं. ६ मा लुकिछिपि बसेको अबस्थामा आईबार पक्राउ गरेको छ । जालसाजी मुद्धाका १ जना सम्बन्ध बिच्छेद मुद्धाका १ जना र लुटपिट मुद्धाका १ जना गरी ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई आईतबार जिल्ला अदालत लमजुङमा पेस गरेको थिए । तिमध्ये अम्मर बहादुर गुरुङ, मिन कुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन अन्य ३ जना जरिवाना वापतको रकम बुझाई छुटेका छन् ।