डाँडाको वरपीपलमा शिवसँगै भुवन

1.4k
Shares

काेरोना महामारीको जोखिम सबैभन्दा बढी प्रभाव फिल्म क्षेत्रमा परेको छ। नेपालमा कोरोना संक्रमण देखिनु अगाडि नै फिल्म प्रदर्शनमा रोक लगाइएका कारण रिलिजका लागि तयार भएका फिल्म प्रभावित भएका छन् । बीचमा केही समय फिल्म रिलिज खोलिएपनि पुनःयसमाथि रोक लगाइएका कारण फिल्म व्यवसाय ठप्प बन्न पुगेको छ। यस अवस्थामा केही फिल्म ओटीटी र युट्युबमार्फत रिलिज भएका छन् भने फिल्म रिलिज रोकिए पनि केही फिल्म सुटिङ फ्लोरमा गएका छन् । यसै क्रममा निर्माता निर्देशक शोभित बस्नेतले पनि नयाँ फिल्म बनाइरहेका छन् ।

बस्नेतको ३१औं फिल्म डाँडाको वरपीपलमा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ। दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन। आगामी भदौ ५ बाट पुनः छायांकन शुरू हुने फिल्मको छायांकन अवधि ६० दिनको रहने छ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिनेछ ।

फिल्ममा यस अघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अश्मी थापा, ज्ञानकुमार कटेल फाइनल भइसकेका छन् । करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले २०६२ सालको फिल्म राजु राजा राममा सँगै अभिनय गरेका थिए।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र नवराज गिरीको गीत रहनेछ।