गायिका पुनम मोथेकाे “कुनै समय” सार्वजनिक



काठमाडौं ।

पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत कुनै समय सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्।

नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्। गीतले प्रेम र बिछोडको कथा उठाएको छ। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्