काठमाडौं विश्वविद्यालयमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ नयाँ विषय


मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौं विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (विटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम शुरु गर्ने भएको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट नेपालमै पहिलो पटक उक्त विषयहरुको कार्यक्रम लागु गरेको हो ।

‘स्थानीय तथा विश्वब्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गर्ने छौं’–स्कुल अफ इन्जिनियरिङ्ग विभागका डिन प्रो.डा.मनिष पोखरेलले भन्नुभयो–‘कोभिड १९ पछि विश्वमा उब्जिएको संकटमा नयाँ नयाँ अवस्थाको सिर्जना भयो ।

उक्त अवस्था सामाना गर्न सक्ने जनशक्ति समुदायस्तरमै राखेर तयार गर्नेर्छाैं ।’ काठमाडौ विश्वविद्यालयले पाँचखालमा शुरु गर्ने उक्त कार्यक्रम आवासिय हुनेछ । आवासीय कार्यक्रम भएकाले समुदायमै घुलमिल गराउने र समुदायसँगै समुदायमा हुने चुनौती सामान गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको तयारीमा जुटेको उहाँले बताउनु भयो ।

प्रस्तावित भर्ना सीटहरुको संख्या स्नातक तहमा ३० र स्नाकोत्तर तहमा १० वटा रहेको छ । प्रस्तावित कार्यक्रम नेपालको शैक्षीक हवको रुप्मा विकसीत हुँदै गरेको काभ्रेको पाँचखालमा आवासीय रुपमा सञ्चालन गरिनेछ । ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (विटेक इन एआई) र्कायक्रमले पर्याप्त ब्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी ब्यवहारिक ज्ञान प्रदान गर्ने डिन मनिष पोखरेलले बताउनु भयो ।

विद्यार्थीहरुले एआई प्रविधि र विधीहरु प्रयोग गरी कार्यक्रमसँग सम्वन्धीत कम्पनी तथा संस्थाहरुमा डाटामा आधारीत निर्णयहरु कार्यान्वयन गर्न सक्नेछन् । प्राविधिक आधारभुत प्रोगामिङ्ग, कम्प्युटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ ।

कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्युरल नेटवर्क, कम्प्युटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् । उक्त कोर्षका लागि चार वर्षमा विद्यार्थीहरुले ८ लाख रुपैया बुझाउनु पर्नेछ ।
मास्टर्स अफ टेक्नोलोजी ईन आर्टिफिसियल इन्टेलिजेन्स(एम टेक इन एआई) कार्यक्रम कौशल, ज्ञान। उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसँग सम्वन्धी अध्यासहरुका लागि उपययुक्त हुनेछ । स्थानीयका साथसाथै विश्वब्यापी रुप्मा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

उक्त कोर्षका लागि दुई वर्षको ३ लाख ९५ हजार रुपैया भुक्तानी गर्नु पर्नेछ । उक्त विषयको अध्ययन पछि ब्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङ्ग सँग सम्वन्धित ब्यवहारिक जीवनका समस्याहरुसँग लड्नका लागि आफुले सिकेका कुराको प्रयोगात्मक परिक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ ।