अन्तराष्ट्रिय नेपाली आदिवासी पत्रकार मन्च गठन


न्युज अफ नेपाल, न्युयोर्क ।

अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरुले अन्तराष्टिय नेपाली आदिवासी पत्रकार मन्च फिनिज गठन गरेको छ ।

विश्व आदिवासी दिवशको अवसर पारेर सोमबार अमेरिकाको न्युयोर्कस्थित ज्याकसन हाइटमा भएको भेलाले सो संस्थाको घोषणा गरेको जनाएको छ । फोजिनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवद्र्धधन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरुको व्यवसायिक तथा पेशागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य समुदायको सूचनाको हकको प्रवद्र्धधन गर्ने, आदिवासी जनजाति समुदायको भाषा तथा संस्कृतिको पत्रकारितामार्फत उजागर गर्ने उदेश्य रहेको भेलापछि जारी विज्ञप्तिमा जनाएको छ ।

यसैगरी नेपालमा आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजसंगको सहकार्यमा नेपाली आदिवासी जनजाति पत्रकारहरुको व्यवसायिक तथा पेशागत क्षमतको प्रवद्र्धधन लगायतको उदेश्य राखेर संगठनको स्थापना भएको जनाएको छ । तदर्थ समितिले आगमी ६ महिना भित्र संस्था दर्ता प्रक्रिया सम्पन्न गरेर अधिवेशन गरि नयाँ कार्यसमिति निर्मार्ण गरिने बताइएको छ ।