कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

7.4k
Shares

न्युज अफ नेपाल, काभ्रे ।

राष्ट्रिय राजमार्गको रुपमा निर्माण कार्य भैरहेको पनौती–कुशादेवी सडकमा चल्ने ९० प्रतिशत मोटरसाइकलका चालक संग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । साथै अनुमतिपत्र वेगर नै तिव्र गतिमा सवारी चलाउने प्रवृति पनि यो सडकमा बढ्न थालेको छ ।
यो सडकमा लाईसेन्स वेगर सवारी साधान, तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाचलाई थप कडाई गर्ने भएको छ । अनुमतिपत्र वेगर सवारी चलाउनेलाई कार्वाहि गर्दा प्रहरीमाथि जनप्रतिनिधिहरुको बदाब पनि आउने गरेको छ । प्रहरी भन्छन– चेकजाचका क्रममा कार्वाहि परेकाहरुलाई कार्वाहि रोक्न जनप्रतिनिधिहरुकै दबाब आउछ ।

ट्राफिक प्रहरी सहायक निरिक्षक चेत वहादुर चौलागाई भन्नुहुन्छ– केहिदिन अघि कुशादेवी क्षेत्रमा नियमित चेकजाचको क्रममा ९० प्रतिशत मोटरसाईकल चालक संग लाईसेन्स नभएको भेटियो । अब देखि यो सडकमा प्रहरीले नियमित सवारी चेकजाच गरिने प्रहरीले जनाएको छ । मंगलबार विहान न्याशिला गणेश टोल सुधार समितिको संयोजनमा जनचेतनामुलक कार्यक्रमका गरि पनौती कुशादेवी सडकको विभिन्न स्थानमा गति सिमित, पार्किङ निषेधित क्षेत्र लेखिएको वोर्ड राखिएको छ । प्रहरीले यो सडकमा प्रतिघण्टा २० किलोमिटर स्पिडमा मात्र सवारी चलाउन पाईने भनेको छ ।

पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशव वञ्जारा, टोल सुधार समितिका अध्यक्ष एवं वडा सदस्य गौरी नारायण श्रेष्ठ लगाएत समाजका प्रतिष्ठित व्यक्तिहरुका साथै प्रहरीहरुको समेत उपस्थितिमा पनौती देखि खरिवोट सम्म १५ वटा गति सिमित लेखिएको वोर्ड राखिएको छ । यो सडकमा हुने जथाभावि पार्किङलाई पनि नियन्त्रण गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

‘यो सडकमा सवारी अनुमतिपत्र नहुनेले सवारी चलाएको, ओभर स्पिडमा सवारी चलाएको, ओभरलोड राखेर सवारी चलाएको पाइन्छ’ प्रहरी सहायक निरिक्षक चौलागाईले जनप्रतिनिधिकै अगाडी भन्नुभयो– कार्वाहि गर्दा तपाईहरुवाट बढी दबाब आयो । हामि कार्वाहि गर्छौ, छुटाउन तपाईहरु दबाब नदिनुस– उहाको भनाई थियो ।