प्रवेश पत्रको आधारमा विद्यार्थीलाई खोपको व्यवस्था गर्न पाँच विद्यार्थी संगठनको माग


भूपराज बस्याल, काठमाडौ ।

पाँच विद्यार्थी संगठनले परिक्षा चलिरहेका विद्यार्थीलाई खोप लगाएर मात्र परीक्षामा सहभागी हुने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सोमबार संयुक्त विद्यार्थी संगठनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी ज्ञापनपत्र बुझाएकाछन् । देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वास्थ सुरक्षा अपनाउन नसकेको कारण कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै विद्यार्थीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग गरि ज्ञापनपत्र बुझाएको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।

सत्तारुढ दल निकट विद्यार्थी संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँका विद्यार्थी नेताहरुले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बिद्यार्थीलाई खोपको माग गरिएको पाण्डेले बताउनुभयो । विद्यार्थी संगठनहरुले बुझाएको विज्ञप्तिमा भनिएको छ, “परीक्षा दिने विद्यार्थीहरुलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन,” ज्ञापनपत्रमा भनिएको छ,“देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीहरुलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न जोडदार माग गर्दछौँ ।”