नेतृत्वको अनुकुलता नहुँदा महाधिवेशनको मिति टरिरहेको छ : पौडेल


भूपराज बस्याल, काठमाडौ ।

क्रियासिल सदस्यता विवाद कारण नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनको मिति सरिरहेको चर्चा चलिरहेका बेला नेपाली काङ्ग्रेसका युवा नेता केन्द्रिय सदस्य तथा क्रियासिल सदस्यता छानबिन समितिका सदस्य प्रदिप पौडेलले भने क्रियासिल सदस्यता विवाद महाधिवेशन सार्ने बहाना मात्रै भएको आरोप लगाउनु भएको छ ।

नेताहरु ब्यक्ति सुनिश्चित गरेर मात्रै महाधिवेशन गर्ने तयारीमा लाग्नु भएको भन्दै नेतृत्वमा रहनु भएका नेताको पक्षमा माहोल तयार नहुदासम्म नेपाली काङ्ग्रेसको महाधिवेशन हुन नसकेको उहाँले आरोप लगाउनु भयो । नेपाल समाचार पत्रसंग कुराकानी गर्दै उहाँले भन्नुभयो “पाटिमा कस्ले जित्छ त्यो कुरा महत्व होइन पाटिले कसरी जित्छ त्यो महत्त्व हो ।” नेपाली काङ्ग्रेसमात्रै होइन पुर्ण सहमत भएर बिश्वमै यस्ता काम नहुने भन्दै बहुमतलाई आधार मानेर नेतृत्व अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो । क्रियासिल सदस्यता छानबिन समितिले ९६ प्रतिशत काम सकेको हुँदा अब महाधिवेशन मिति पटकपटक सार्न नहुने उहाँको तर्क थियो । बाकी रहेको ४ प्रतिशत पनि समायोजनको मात्रै समस्य भएको हुँदा अब क्रियासिल सदस्यता सम्बन्धि विवादमा अल्झिएर मिति सार्न नहुने उहाँको तर्क थियो ।

समायोजन सम्बन्धि पाटिमा प्रष्ट खाका नभएको हुँदा ४ जिल्लाको मात्रै समायोजनको काम टुंगो लगाउन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पाटिमा समायोजन सम्बन्धि प्रष्ट निति नहुदा चार जिल्लाको समायोजन बाकी रहेको हो । त्यो बाकी रहेको विवाद महाधिवेशनको मुख्यमै मिलाउन सक्ने सम्भावना नै छैन ।”

तेहौ महाधिवेशन ३३ जिल्ला स्थगित भएर ४ लाख ७० हजारमा क्रियासिल सदस्यका बीच सम्पन्न भएको थियो भने यस पटक क्रियासिल सदस्यता झण्डै आधा बढेर ९ लाखको हाराहारीमा पुगेको छ । हाल रसुवा, सप्तरी, बारा र सिन्धुपाल्चोक गरि जम्मा चारमा त्यो पनि समायोजन र नयाँ सदस्यता सम्बन्धि मात्रै विवाद भएको हुँदा अब यहीँ विवादमा अल्झिएर बस्न नहुने उहाँको भनाइ थियो । यो विवाद मिलाउदा करिब २५ हजार नयाँ क्रियासिल सदस्य थपिने भएपनि पाटिका लागि यो गौण हुनुपर्ने उहाँको तर्क छ । हरेक महाधिवेशनको अन्तिम समयमा आएर क्रियासिल सदस्यता सम्बन्धि विवाद मिलाउन खोज्दा यस्तो समस्य आउने गरेको उहाँको तर्क छ । यदि हरेक महाधिवेशनमा मात्रै क्रियासिल सदस्यता वितरण गर्ने कार्य कायम राख्ने हो भने यो विवाद सधै रहिरहने भन्दै महाधिवेशनको एक बर्ष पहिलेनै क्रियासिल सदस्यता को टुंगो लगाउनुपर्ने उहाँको नेतृत्वलाई सुझाव छ । एक थरीले सबै प्रक्रिया पुर्याएर आउनुपर्ने भनेका छन् भने एक थरीले समायोजन समितिले सिफारिस गरेको आधारमा समायोजन हुनुपर्ने जस्ता दुई थरी बिचार आउँदा र यस सम्बन्धि पाटिमा प्रष्ट नीति नहुदा यस्तो समस्य आएको उहाँले जानकारी दिनुभयो । देशभरका ६ हजार ७ सय ४३ वडा मध्य करिब १ सय १५ वडामा मात्रै समायोजन सम्बन्धि विवादलाई लिएर महाधिवेशन अन्योलमा पार्न नहुने उहाँको तर्क थियो । नेतृत्व चयनका लागि मात्रै वितरण गरिने सदस्यता रहिरहेसम्म नेपाली काङ्ग्रेसको यो विवाद कायमै रहने भन्दै नेपालीको क्रियासिल सदस्यता वितरण सिन्डिकेट नगरि खुल्ला गरिनुपर्ने भन्दै जस्ले चाहो उसले लिन पाउनुपर्ने ब्यबस्था हुनुपर्ने पौडेलको धारणा छ ।

चौधौं महाधिवेशनको सन्दर्भमा कुरा गर्दै नेता पौडेलले अहिले आएर चलेको नेपाली काङ्ग्रेसको बिशेष महाधिवेशनको चर्चा औचित्यहिन तर्क भएको ब्याख्या गर्नुभएको छ ।उहाँले भन्नुभयो “बिशेश महाधिवेशनको तर्क गर्नुको कुनै औचित्य छैन अब भनेको राष्ट्रिय महाधिवेशन नै हो ।” पाटिको बैधानिक संकट भन्दापनि देशको नेतृत्व गरेको पाटिले आफ्नो महाधिवेशन समयमा गर्न नसक्नु ठूलो संकट हो । कानुन बाट बच्नलाई भन्दा जनताप्रति जवाफदेही बन्न तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने उहाँको धारणा थियो । अझैपनी काम गर्ने हो भने भदौ २३ गते राष्ट्रिय महाधिवेशन गर्न सम्भव रहेको उहाँको तर्क थियो ।

गुट उपगुटका कारण नेपाली काङ्ग्रेस जनता प्रति लोकप्रिय बन्न कठिन भएको भन्दै गुट र उपगुट भन्दा पाटिमा सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व आजको आवश्यकता भएको उहाँको भनाइ थियो । पाटिमा युवाको भुमिकाको बिसयमा कुराकानी गर्दै उहाँले आफू पनि युवा नभएको बताउनुभयो । उहाँले भन्नुभयो “म ४७ बर्ष भए म कसरी युवा हुन्छु । कान्छो भन्दैमा युवा भन्न मिल्दैन ।” त्यसैले कति उमेर पुगेको ब्याक्ती नेतृत्वमा आउछ भन्दा पनि कस्तो भिजन भएको भएको ब्याक्ती नेतृत्वमा आउछ त्यो मुख्य कुरा रहेको उहाँको भनाइ थियो ।