५ वर्षीया बालिका करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ


न्युुज अफ नेपाल, काठमाडौं ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । अजिरकोटका ७२ वर्षीय वृद्ध लेखनाथ खनाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

रक्सी सेवन गरेका खनाललेसाउन २३ गते दिउँसो साढे १ बजे घरमा कोही पनि नभएको मौका छोपी आफ्नै घरमा रहेकी बालिकालाई जबरजस्ती करणी गरेको गरेको आरोपमा पक्राउ गरेको डीएसपी प्रकाश दाहालले बताउनुभएको छ ।

बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीका आधारमा खनाललाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको दाहालको भनाइ छ ।

जिल्ला अदालत गोरखाबाट एक साताको म्याद थप गरी अनुमति लिई हिरासतमा रहेका वृद्धमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।