एमसीसीबारे ऊर्जामन्त्रीसँग राजदूतको चासो

504
Shares

काठमाडौं, (नेस)  ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच सोमबार भेटवार्ता भएकोे छ ।

उक्त अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । त्यस्तै राजदूत बेरीले मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताउँदै यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु रहेको मन्त्री भुसाललाई जानकारी गराउनुभएको थियो ।

भेटवार्ताका क्रममा मन्त्री भुसालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने भन्दै एमसीसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिने बताउनुभएको सचिवालयले जनाएको छ ।