‘अर्थ मन्त्रालय एक्लैले सम्भव छैन’

2.26k
Shares

काठमाडौं, (नेस) ।

देशको अर्थतन्त्र हाँक्नका लागि अर्थ मन्त्रालय मात्रै पर्याप्त नभएको हुँदा अर्थविद्हरूको विज्ञतालाई मन्त्रालयसँग जोड्ने संयन्त्र आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ रहेको छ । नेपाल आर्थिक संघले सोमबार अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई अगाडि बढाउनका निम्ति सरकारसँग विषयविज्ञको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालका कुनै न कुनै संयन्त्र आवश्यक भएकाले यस विषयमा आफूले योजना बनाइरहेको समेत जानकारी दिनुभएको छ । उक्त कार्यक्रमम अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीमा पलाउन सक्नेतर्फ आफू सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले कुनै नीति र योजना तय गर्दा विज्ञको ज्ञान र अनुभव समेटेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल आर्थिक संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने प्रतिबद्धता दोहो¥यानुभयो । नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका साना र थोरै कार्यक्रम अघि सार्न सहभागीहरूलाई सरकारलाई सुझाव दिएका थिए ।