नयाँ तलबमान स्वीकृत

1.3k
Shares

काठमाडौं, (नेस) ।

साउन १ गतेदेखि लागू हुने गरी सरकारले नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको तलबमान स्वीकृत गरेको हो ।

नयाँ तलबमान स्वीकृत भएसँगै निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले वृद्धि भएको तलब पाउने छन् । बैठकले माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने पनि निर्णय गरेको छ ।