ओबामाले मास्क नलगाई नाचेको भिडियो भेटियो


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई मास्साचुसेतसको मार्थाज भाइनयार्डस्थित आफ्नो भव्य निवासमा ६०औं जन्मदिन मनाउने क्रममा मास्क नलगाइकन नाचिरहेको भिडियो भेटिएको छ । गायिका तथा गीतकार एरिकाह बाडुले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियो फुटेजमा अमेरिकाका ४४औं राष्ट्रपतिलाई शनिबार एउटा स्टेज जस्तो स्थानमा अन्य मास्कविहीन व्यक्तिहरूसँग चर्को संगीतको तालमा नाचिरहेको देखिन्छ ।

साथै, सेतो जिन्स लगाएका ओबामाले भिडसामु एक महिलालाई अँगालो मारेको पनि देखिन्छ । तर, अहिले सो फुटेज डिलेट गरिसकिएको छ । दि न्युयोर्क टाइम्सका अनुसार सो कार्यक्रममा सरिक भएका ¥यापर ट्र्याप बेकह्याम र उनका म्यानेजर टिजे च्यापम्यानलाई पनि र्‍याकका माथिल्लो भागमा राखिएका रक्सीका बोटल, सिगार र ककटेल देखिनेगरी खिचेर सार्वजनिक गरिएका थुप्रै तस्वीरमा देखिएका छन् । पोस्ट गरिएका ती तस्वीरहरू समेत डिलेट भइसकेका छन् ।

बेकह्याम र च्यापम्यानले गाजा तानिरहेका तस्वीर पनि सार्वजनिक भएका छन् । तर, तिनीहरूले गाजा खाइरहेको स्थान ओबामाकै घर हो वा होइन स्पष्ट भएको छैन । मास्साचुसेतसमा गाजा सेवन वैधानिक छ ।