१० लाख नक्कली नोट बरामद


काठमाडौँ, (नेस) । 

भारतमा नक्कली नेपाली रुपियाँ छपाई गरी नेपालतर्फ आउँदै गरेका तीन नेपालीलाई ९ लाख ९३ हजार रुपियाँसहित रौतहट प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको इशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकैबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले धनुषाका शत्रुधन बराई ठाकुर, महोत्तरीका रन्जित महतो र दिपेन्द्रकुमार महतो रहेका छन ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले शंका लागि झोला जाँच गर्दा नक्कली नेपाली रुपियाँ फेला परेको थियो । उनीहरूले भारतबाट उक्त रकम छापेर नेपाल ल्याएको स्वीकार गरेका छन् ।