स्रोत नखुलेको ६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


न्युज अफ नेपाल, कञ्चनपुर ।

कञ्चनपुरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना भारतीय पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउँने ४१ वर्षीय रजनीश कुमार रहेको पनि प्रहरीले जानकारी दिएको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाइ पक्राउ गरिएको हो ।

हाल उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।