पत्रकार महासंघ पाल्पाले पत्रकारहरुको दुर्घटना बिमा गरिदिने


न्युज अफ नेपाल, पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पासँग सम्वद्ध सवै पत्रकारहरुको दुर्घटना विमा गर्ने भएको छ । महासंघको शाखा आवद्ध पत्रकारहरुको दुर्घटना बिमा महासंघबाटै गरिदिने निर्णय गरेको नेपाल पत्रकार महासंघ पाल्पाले जनाएको छ । शाखाको बैठकले महासंघमा आवद्ध कार्यसमिति, साधारण सदस्य र कार्यालय कर्मचारीको दुर्घटना बिमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष रेखीराम रानाले जानकारी दिनुभयो ।

बैठकले महासंघका गतिबिधि, लेख रचना समेटिएको प्रवाह बुलेटिन प्रकाशनलाई रिन्तरता दिने निर्णय गरेको छ । नव निर्वाचित बर्तमान कार्यसमितिको आगामी ३ बर्षको कार्ययोजना निर्माणका लागि सचिव यज्ञमूर्ति तिमिल्सिनाको संयोजकत्वमा सदस्यद्धय भुवन रायमाझी र अनिल लिगल सदस्य रहने गरि कार्ययोजना निर्माण उपसमितिको गठन गर्ने निर्णय गरेको छ । बैठकले महासंघको संस्थागत बिकास, सुचनाको हक लगायतका बिषयमा जिल्ला स्थित स्थानीय तहहरुसित अन्र्तक्रिया गर्ने समेत निर्णय गरेको छ

बैठकल महासंघको आफ्नो परिचय झल्किने वेभसाईट निर्माण गर्ने निर्णय गरेको सचिव यज्ञमूर्ति तिमिल्सिनाले वताउनु भयो । बैठकले महासंघ मार्फत अतिरिक्त क्रियाकलाप संचालनका लागि सहसचिव कृष्ण दर्नालको संयोजकत्वमा सदस्यहरु कृष्ण पोखरेल, दुर्गेस मल्ल, सुनिल कार्की र बिजय बौडेल सदस्य रहने गरि अतिरिक्त क्रियाकलाप संचालन उपसमितिको गठन गर्ने निर्णय गरेको छ ।