हंगेरीमा पत्नी बोक्ने दौड प्रतियोगिता


टापिओबिक्सके, (एजेन्सी) ।

हंगेरीमा आयोजित दोश्रो पत्नी बोक्ने प्रतियोगिता करिब ४० जना पतिले आफ्ना पत्नीलाई पिठ्युँमा बोकदै कच्ची बाटो चढेका छन् ।

यसअघि, गत वर्षको अक्टोबरमा आयोजित प्रतियोगितामा केवल एक दर्जन दम्पतीको मात्र सहभागिता रहेको थियो । आयोजक गर्जली युरालीले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन्– ‘हामी भर्खर कोरोना भाइरस महामारीको कठिन अवधिबाट बाहिरिएका छौं । त्यसैले, हामीले खुल्ला स्थानमा रमाइलो गर्नुपर्दछ ।

मूलतः भाइकिङ यूदेखि शुरू भएको यस प्रतियोगितालाई निरन्तरता दिन गुरालीले गत जनवरीदेखि नै तयारी शुरू गरेका थिए । आधुनिक कालमा विशेषगरी फिनल्यान्ड यो परम्परा ९० को दशकदेखि शुरू भएको देखिन्छ । एस्टोनियाली दौडमा तिनीहरूले आफ्नै शैलीमा अर्थात् पत्नीको खुट्टामाथि पर्नेगरी बोकेर दौडिने गरेका छन् । तर, सो दौडमा सहभागी जोडी मार्क म्याज्याक्स र एनेटले भने परम्परागत शैली यानी टाउकोमाथि नै पर्ने शैली अपनाएका छन् ।