रोट्राक शिखलापुरको नेतृत्व निशालाई

1.6k
Shares

न्युज अफ नेपाल, धुलिखेल ।

हाम्रो संस्कृति हाम्रो गौरव भन्ने नाराका साथ रोट्राक्क क्लव अफ शिखलापुरको नेतृत्व निशा चापागाईलाई हस्तान्तरण गरिएको छ । धुलिखेलको पुरानो नाम शिखलापुर हो । १८ महिना अघि स्थापना भएको यो क्लवले कला र संस्कृतिको क्षेत्रमा बढि सक्रिय भएर कार्य गर्दै आएको छ ।

शनिवार धुलिखेलमा आयोजित एक कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका निवर्तमान अध्यक्ष ई. शुसिल कुमार व्याञ्जुले सन २०२१ देखि २०२२ सम्मको लागि चापागाईलाई पद हस्तान्तरण गर्नुभएको हो । यसअघि रोट्राक क्लव अफ शिखलापुरको नेतृत्व अर्बिन माकजुले सम्हाल्नु भएको थियो ।

निवर्तमान अध्यक्ष माकजुको नेतृत्व रहेको कार्यकालमा संस्कृति वचाउदै समाज परिवर्तन भन्ने नाराका साथ राष्ट्रिय स्तरको धिमे जात्रा आयोजना गरि चर्चा कमाएका थिए । साथै धुलिखेलमा हुने स्थानिय जात्रामा पनि यो क्लवको सक्रिय सहभागिता रहने गरेको छ ।

रोट्राक क्लव अफ काठमाडौं विश्वविद्यालय, रोट्राक क्लव अफ काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेज्, रोट्राक क्लव धुलिखेल र यो शिखलापुर गरि धुलिखेलमा चारवटा क्लव सामाजिक कार्यमा सक्रिय छन् । यो चारवटै क्लवको जोनल रोट्राक रेपिप्रजेन्टेटिभ रोटरियन श्रृया श्रेष्ठ हुन ।

रोट्राक क्ल अफ शिखलापुरको अध्यक्ष पद चापागाईलाई हस्तान्तरण गर्दै प्रमुख अतिथि ई.शुशिल कुमार व्याञ्जुले भन्नुभयो– धुलिखेलमा रहेको चारवटै रोट्राक क्लव संग सहकार्य गरेर अघि बढे अहिलेको नेतृत्वले प्रभावकारी कार्य गर्न सक्छ ।

रोट्राक शिखलापुरको अहिलेको कार्यसमितिमा त्रिलवा श्रेष्ठ उपाध्यक्ष, अलिशा माकजु सचिव, अमन श्रेष्ठ कोषाध्यक्ष र निकिता कायस्थ क्लव सर्भिस डाईरेक्टर छन् । कार्यसमिति सदस्यहरुमा विकेस सोंजु, सञ्जिता श्रेष्ठ, सृजना श्रेष्ठ र शिला श्रेष्ठ चयन भएका छन् ।