‘थार’ पाल्ने पक्राउ, पालिएको थार मारिएको अवस्थामा फेला

21.7k
Shares

रामधन राई, खोटाङ ।

साउन–२३, खोटाङमा जंगली जनावर थारलाई नियन्त्रणमा लिई घरमा पाल्ने एक ब्यक्ति पक्राउ परेको छ । थारलाई नियन्त्रणमा लिएर घरैमा पाल्ने ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका नन्दकुमार तामाङ शुुक्रबार बेलुकी पक्राउ परेको हो । पालिरहेको थार समेत मारिएको अवस्थामा फेला परेको जनाईएको छ ।

उक्त थारलाई अज्ञात समुहले खुकुरी प्रहार गरि मारेको भन्ने खवर आएको सव डिभिजन कार्यालय ऐसेलुखर्कका बन फरेष्टर पुष्पकुमार राईले बताउनुभयो । थारलाई नियन्त्रणमा लिई पालिराखेको भन्ने सूचनाका आधारमा गस्ती पठाउँदा थार मारिसकेको अवस्थामा भेटिएको फरेष्टर राईको भनाई छ ।

जंगलमा चर्न गएका गाइबस्तुसँगै गत जेठ ३० गते नाभीसमेत नखसेको थार घरमा आईपुगेको बताईएको छ ।कार्यालयका कर्मचारी र प्रहरीको गस्ती टोलीले घरैबाट नियन्त्रणमा लिएको तामाङलाई दिक्तेल ल्याईएको छ । तामाङ र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाईएको छ ।

थार उच्च पहाडी भेगमा पाइने स्तन्धारी तथा साकाहारी जंगली जनावर हो । कुनै पनि जंगली जनावरलाई नियन्त्रणमा लिने, दुःख दिने तथा मार्ने कार्य कानुनमा बर्जित छ । भबितब्य तथा अपवादमा नियन्त्रित हुन पुगे तत्कालै सम्बन्धित निकायलाई जानकारी गराई उनीहरुको रोहवरमा छोडिदिनुपर्ने उल्लेख छ । यस विषयमा अनुसन्धान गरि कारवाही गर्ने डिभिजन बन कार्यालयका प्रमुख धनन्जय लामिछानेले बताउनुभयो ।