नेपालमा एक अर्ब ६५ करोडको डाइपर आयात

322
Shares

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट रु एक अर्ब ५० करोड मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ । त्यस्तै भियतनामबाट रु ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट रु ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ ।

नेपालले मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् ।