काभ्रेको रोशीमा भिरबाट लडेर वृद्ध महिलाको निधन

2.5k
Shares

न्युज अफ नेपाल, काभ्रे ।

रोशी गाउँपालिका वडा नम्वर २ चण्डीवेशीमा एक बृद्धाको भिरबाट लडेर निधन भएको छ । प्रहरीका अनुसार छोरीका घरमा बस्दै आएकी महिलाको बारीमा मकै हेरेर फर्कने क्रममा निधन भएको हो ।

नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई रोशी गाउँपालिका वडा नम्वर २ मा छोरी सार्की कार्मीको घरमा बस्दै आएकी अन्दाजी एक सय बर्षिया कान्छी कमिनीको मकै बारी हेरी घर फर्किने क्रममा भिरबाट तल खसी मृत्यु भएको डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।