कुकुरलाई पनि पेय सर्भ गर्ने बार खुल्यो


लन्डन, (एजेन्सी) ।

बेलायतको राजधानी लन्डनस्थित एउटा बारले आफ्ना मालिकसँग त्यहाँ आउने कुकुरहरूलाई पनि ब्लडहाउन्ड मेरी वा बार्कारिताजस्ता पेय अर्थात् ‘पपटेल’ सर्भ गर्न थालेको छ । गत जुन महिनामा मात्र ‘आफ्टर बार्क’ बार एन्ड क्याफे सञ्चालनमा ल्याएकी जेमी स्वान बताउँछिन्, ‘मेरो विचारमा सबैले आफ्नो पनि एक जीवन होस् भन्ने चाहन्छन् । यदि तपाईं कुकुरको स्याहार गर्नुहुन्छ, कुकुरका अभिभावक हुनुहन्छ भने बारमा आउँदा तिनीहरूलाई एक्लै छाड्नुपर्दा तपाईंलाई निकै खल्लो लाग्न सक्छ ।’

यस क्याफेमा मानिसका सर्वोत्कृष्ट साथीको रूपमा चिनिने कुकुरलाई वनस्पतिमा आधारित रिफ्रेसमेन्ट र स्न्याक सर्भ गरिन्छ ।

कुकुरहरूलाई अल्कोहलरहित काँचो गाँजरको जुस ‘हाउलाप स्लिङ’ र स्याउलगायत अन्य जुस मिसाएर बनाइएको पेय ‘ग्रेट एक्सपलर’ सर्भ गरिन्छ ।

‘आफ्टर बार्क’ लन्डनको ह्याकनी विक क्षेत्रमा खोलिएको हो । त्यहँँ प्रायशः कोरोना महामारी शुरू भएयता कुकुर पाल्न थालेकाहरूको बढी भिड हुने गरेको छ ।